प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले सरकारले गरेको भ्रष्टाचारको भण्डाफोर गर्ने चेतावनी दिएको छ । आइतवार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस छाया सरकारको बैठकले सरकारविरुद्ध अन्यदलसँग मोर्चाबन्दी गर्ने र भ्रष्टाचारको भण्डाफोर गर्ने चेतावनी दिने निर्णय गरेको हो ।
https://youtu.be/I-E1Oppjztw
राष्ट्रियसभा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले बिभिन्न मन्त्रालयभित्र भएका भ्रष्टाचार रोक्न छलफल चलाउने र मन्त्रालयहरुमा हुने नीतिगत भ्रष्टाचारबारे प्रधानमन्त्रीसमेत जानकार रहेको विषयमा कांग्रेसले अलग्गै छानविन गर्ने निर्णय गरेको बताए ।
बैठकमा मन्त्रालय हेर्ने जिम्मेवारी पाएका छाया मन्त्रीले प्रतिवेदन पेश गरेका थिए । बैठकमा अधिकांश छाया मन्त्री ले सरकारका कामकारबाही जनहित विपरीत रहेकोले पार्टी शसक्त रूपमा प्रस्तुत हुनुपर्ने बताएका थिए । २१ मन्त्रालय हेर्दै आएका संयोजक र सदस्यहरू (सांसद) लाई क्रियाशीलताका साथ काम गर्न पनि निर्देशन दिएको पाण्डेले बताए ।
कांग्रेसले २१ मन्त्रालय हेर्न आफ्ना सांसदलाई जिम्मेवारी दिँदै गत जेठ ६ गते ‘छाया मन्त्रीमण्डल’ बनाएको थियो। उक्त मन्त्रीमण्डलको पहिलो बैठक आइतबार बसेको हो ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय