हिमाल दैनिक
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीलाई बलियो बनाएर अघि बढ्नुपर्ने बताएका छन् । कांग्रेसका नेता तथा पूर्वसांसद भागवत ज्ञवालीको निधनमा कांग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको श्रद्धाञ्जली सभा कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले पार्टीका पुराना नेताहरुको योगदानको स्मरण गरे । पूर्वसांसद ज्ञवालीको निधनले पार्टीमा निकै क्षति पुगेको भन्दै उनले स्वर्गीय ज्ञवालीले पाटीभित्र संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको बताए । पार्टीले एक निष्ठावान नेतृत्व गुमाएको पनि देउवाले उल्लेख गरे । अल्सर रोगबाट पीडित ज्ञवालीको केहि दिनअघि निधन भएको थियो । २०४८ सालमा भएको निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट ज्ञवाली सांसद हुनुभएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update