हिमाल दैनिक
६९ औं जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीको 'भिजन टु एक्सन' सार्वजनिक
kp_sharma_oli_pustak_himal_dainik
प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक भएको छ । शनिबार बालुवाटारमा राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले उक्त पुस्तक विमोचन गरे । आफ्नो ६९ औं जन्मदिनको अवसरमा ओलीले पुस्तक सार्वजनिक गरेका हुन्। पुस्तकमा विकास र समृद्धिका विषयबस्तु समेटिएका छन् । प्रधानमन्त्री ओलीले देश विकाससँगै समृद्ध नेपाल, सुखी नेपालीको सपना कार्यान्वयन गर्नेगरी पुस्तकमा मुख्य चार योजना समेटिएका छन्। कल्पना र कार्यान्वयन, मित्रता र कुटनीती, व्यापार र लगानी तथा काम र श्रम जस्ता विषय पनि पुस्तकमा समेटिएका छन् । कार्यक्रममा ओलीले नेपालमा सबैथोक रहेको तर योजनालाई कार्यान्वयन गर्नु नै अहिलेको मुख्य आवश्यकता रहेको बताए । उनले नेपालमा रहेका प्राकृतिक स्रोतहरुको अधिकतम उपयोग गर्र्दै मुलुकको बिकास गर्नुपर्ने धारणा राखे । प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानतासहितको समृद्धिलाई पूर्णता दिन अब कसैले रोक्न नसक्ने बताए । https://youtu.be/yy3qYrxDFJ0 सरकारले आश्चर्यजनकरुपमा धेरै विकासका काम अघि बढाइरहेको दाबी गर्दै बाटो, पुल निर्माण, ऊर्जाको विकासलगायतका क्षेत्रहरुमा सरकारले सफलता हासिल गरेको जिकिर गरे । उनले नेपालमा दीगो विकासका सम्भावनाहरु पर्याप्त रहेपनि केही सामाजिक र राजनीतिक अव्यवस्थाहरु बाधक बन्न पुगको उनले उल्लेख गरे । प्रधानमन्त्री ओलीले दुई छिमेकी राष्ट्र भारत र चीनबीच नेपालकोे सम्बन्ध अत्यन्तै घनिष्ट रहेको भन्दै कूटनीतिक सम्बन्धहरु पारस्परिक लाभको आधारमा गरिने सरकारको रणनीति रहेको बताए ।
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update