मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले अध्ययन तथा सुझाव प्रतिवेदन तयार गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको कार्यदल बैठकले अनुदान सहायताका बारेमा सरकार र एमसिसीबीच भएको सम्झौता र हिन्दप्रशान्त रणनीति सम्बन्धमा गहन अध्ययन गरेर प्रतिवेदन तयार गरेको कार्यदलका सदस्य भीम रावलले जानकारी दिए । उनले आवश्यक तथ्य सामाग्रीको समेत मद्धतबाट बिश्लेषण गरि प्रतिवेदन तयार पारेको बताए । प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाउने र आवश्यक सुझाव लिने उनले जानकारी दिए । प्रतिवेदनमाथि पार्टीको आवश्यक निकायमा छलफल गरेपछि आवश्यक निर्णय हुने उनले विश्वास व्यक्त गरे ।
उनले प्रतिवेदनमा रहेका बिषयहरुबारे भने अहिले नै भन्न नमिल्ने बताए । पार्टीभित्रै एमसीसीका बारेमा चर्को विरोध भएपछि नेकपा केन्द्रीय समिति बैठकले अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार गठन भएको कार्यदलले एमसिसीका विषयमा अध्ययन प्रतिबेदन तयार गरेको हो । कार्यदलमा रावलसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र झलनाथ खनाल सदस्य छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय