निवर्तमान संचार तथा सूचना प्रबिधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले शुभेच्छुकहरूसंग भेटवार्ता गरेका छन्।
संचार मन्त्री बाँस्कोटाले स्वीस कम्पनीसँग ७० करोड कमिशन मागेका अडियो क्लिप मध्य रातमा सार्बजनिक भएको चौबिस घण्टा न बित्दै उनको पद नै गुमेको छन्। बिहिबार बिहानले सामाजिक संजालमा भाईराल नै बनेपछि उनले राजिनामा दिएका हुन्।
उपत्यका बाहिर रहेका बाँस्कोटालाई तत्कालै प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ डाकेका थिए। बालुवाटार पुगेर राजिनामा दिएका बाँस्कोटा अहिले बलकोट आफ्नो निवास पुगेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक संजालमा बाँस्कोटाले आफ्नो शुभेच्छुकहरूमाझ आफ्नो कुरा राखेको बताएका छन्।
उनको फेसबुकमा लेखेका छन्," निवर्तमान संचार तथा सूचना प्रविधि मन्त्री गाेकुल बाँस्कोटाले आफ्नाे बालकाेटस्थित निवासमा फर्केर शुभेच्छुकहरूमाझ दाेहाे-याउनुभयाे :जब प्रश्न उठ्यो, ठीक होला बेठीक होला, सत्य होला, असत्य होला एनिमेसन होला, केके होला, सातवटा जोडेर अडियो बनाएको होला, सही होला वा नहोला, त्यो बेग्लै चिज हो । तर, जब एउटा पोलिटिकल मान्छेलाई प्रश्न उठ्छ।"
उनले प्रश्न उठेपछि कुनै अप्ठ्यारो नमानी ढ्याक्क राजीनामा दिनुपर्ने भएकोले आफुले पनि त्यही अनुसार राजिनामा दिएको बताए ।
उनका अनुसार बास्कोटाले पोलिटिकल मान्छेमाथि प्रश्न उठ्ने कुनै नौलो कुरा नभएको भन्दै यसमा कुनै पिर नलिन शुभेच्छुकहरूलाई बताए। त्यस्तै उनले यस बिषयमा अख्तियार, सीआइबी, संसद र पार्टीले छानबिन गरेर सत्यतथ्य स्पष्ट गर्नु पर्नेमा जोड दिए।
उनले यस बिषयमा प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिएको बताए।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय