प्रधामन्त्री केपी शर्मा ओलीले रिक्त रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा अर्थमन्त्री युवराज खतिवडालाई र सहरी विकास मन्त्रालयको जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई दिएका छन्।
बिहिबार स्वीस कम्पनीसँग ७० करोड कमिशन मागेका संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री ओलीको शिफारिशमा राष्ट्रपति बिद्यादेवी भण्डारीले अर्थमन्त्री खतिवडालाई संचार मन्त्रालय र यातायात मन्त्री नेम्वाङलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी हुन्।
बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड कमिशन मागेको अडियो सार्वजनिक भएपछि उनले राजिनामा दिएका हुन्।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय