हिमाल दैनिक
बाँस्कोटाको राजिनामा पछि आजको पत्रकार सम्मेलन स्थगित
patrakaar sammelan
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएपछि बिहीबार हुने सरकारको नियमित पत्रकार सम्मेलन स्थगित भएको छ । https://youtu.be/0C9BN71Zpwk मन्त्रिपरिषदको निर्णय सुनाउन हरेक मन्त्री बास्कोटाले हरेक बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आएका थिए । तर बिहीबार भने बिशेष कारणले पत्रकार सम्मेलन स्थगीत भएको जनाइएको छ । पत्रकार सम्मेलन हलमा सञ्चारकर्मी पुगीसकेकाले सञ्चार मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले पत्रकार सम्मेलन स्थगित भएको जानकारी दिएका थिए । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका मन्त्री बास्कोटाले बिहीबार दिउँसो राजीनामा दिएका थिए ।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update