हिमाल दैनिक
मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले शुक्रबार अन्तिम प्रतिवेदन बुझाउने तयारी गरेको छ । सिंहदरबारमा बिहीबार बसेको कार्यदल बैठकले एमसीसीको प्रतिवेदनको अन्तिम तयारी गरेको हो । कार्यदलका सदस्य भीम रावलले अध्ययन अन्तिम चरणमा पुगेको र प्रतिवेदन बुझाउने विषयमा शुक्रबार टुंगो लाग्‍ने बताए । बिहीबारको बैठकमा प्रतिवेदन अगाडि बढाउने विषयमा छलफल भएको बताउँदै रावलले शुक्रबार प्रकृया पूरा गर्ने बताए । https://youtu.be/2c_T3KhoRVg एमसीसीका विषयमा सत्तारुढ दलभित्र चर्को विरोध भएपछि केन्द्रीय समिति बैठकले अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार गठन भएको कार्यदलले एमसीसीका विषयमा अध्ययन गरिहको छ । कार्यदलमा झलनाथ खनाल संयोजक र रावलसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेका छन्।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update