हिमाल दैनिक
स्वीस कम्पनीसँग ७० करोड कमिशन मागेका संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली)ले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड कमिशन मागेको अडियो सार्वजनिक भएलगत्तै बिहिबार ओलीले बास्कोटाको राजीनामा मागेका हुन्। उक्त विषयमा देशभरी सामाजिक सञ्जालमा सरकारको चर्को विरोधसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदको दुबै सदनको कारबाही अवरुद्ध गरेपछि प्रधानमन्त्री ओलीले आफ्ना अतिप्रिय मन्त्री बाँस्कोटाको राजीनामा लिन बाध्य भएका हुन्। https://www.youtube.com/watch?v=CqC1mJjje9s&feature=youtu.be प्रधानमन्त्री ओलीले पदभार ग्रहण गरी सरकारी निवास बालुवाटारमा सरेलगत्तै खाली भएको उनको बालकोटस्थित निजी निवासमा संचारमन्त्री बाँस्कोटा बस्दै आएका थिए। मन्त्रीहरुका लागि सरकारले पुलचोकस्थित मन्त्री निवासको व्यवस्था गरेपनि मन्त्री बाँस्कोटाले प्रधानमन्त्री ओलीको निजी निवासमा गएर बसेपछि त्यसबारे सामाजिक सञ्जालमा आलोचना भएको मात्रै होइन कतिपयले उनलाई ‘चौकीदार’ मन्त्रीको संज्ञा दिएका थिए। सुदूरपश्चिमका जिल्ला भ्रमणमा रहेका मन्त्री बाँस्कोटा आजै अपरान्ह आएपछि सोझै बालुवाटारमा पुगी प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए। मन्त्रीको राजीनामा माग गर्दै प्रतिनिधि सभाको बैठक कांग्रेसले अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रीले राजीनामा दिइसकेको जानकारी आएको बताउँदै सदनको कारबाही अवरोध नगर्न आग्रह गरेका थिए।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update