हिमाल दैनिक
लुकाउदा लुकाउदै पनि बाहिरियो संचार मन्त्रीको घुस प्रकरणको अडियो(अडियो सहित)
Gokul baskota accepts
एक स्वीस कम्पनीबाट सेक्युरिटी प्रिन्टीङ प्रेस खरिदका लागि भएको जी टु जी वार्तामा सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपाली एजेन्टसँग ७० प्रतिशत कमिसन मागेको अडियो बाहिर सार्वजनिक भएको छ। स्वीस कम्पनीका नेपाल प्रतिनिधि विजयप्रकाश मिश्र शर्मा र बाँस्कोटाबीच सेक्युरिटी प्रिन्टीङ प्रेस खरिद गर्दा आफुलाई ७० प्रतिशत र उनलाई ३० प्रतिशत बार्गेननिङ्ग गरेको अडियोमा सार्वजनिक भएको हो। https://www.youtube.com/watch?v=CqC1mJjje9s&feature=youtu.be सेचुरिटी प्रेसमा भएको अनिमितालाइ लिएर संसदको सार्वजनिक लेख समितिले छानबिन गरेको छ। उक्त बिषयमा स्वीस कम्पनी को सेचुरिटी प्रेस छोडेर रातारात जेर्मनको कम्पनीसंग सम्झौता गर्न लागेपछि यस बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी दिएको बताइएको छ। "आँफु पनि भ्रष्ट्राचार नगर्ने अरुलाई पनि गर्न नदिने" भन्ने प्रधानमन्त्री ओली आफ्नो बालकोटको घर कुरेर बसेका प्रिय पत्र बाँस्कोटाको यस बिषयमा आँखा, कान, मुख तिनै कुरा बन्द गरेर बसेका थिए। यसले गर्दा प्रधानमन्त्रीको प्रतिबदतामा पनि कुरी-कुरी गरेको छ। उक्त अडियोमा मन्त्री बाँस्कोटाले कर्मचारीहरुलाई अति नै तल्लो स्थरको भाषा मु** (कर्मचारी) शब्दको प्रयोग गरेका छन्। पप गायक भी-टेनलाई अपशब्द बोलेकै बिषय साईबर-क्राइम अन्तर्गत कारबाही गरेका मन्त्री बाँस्कोटाले उक्त अडियो भी-टेनलाई पनि मात दिने शब्द प्रयोग गरेका छन्।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update