हिमाल दैनिक
चीनको वुहानबाट उद्दार गरिएको सबै १७५ जनामा कोराना भाइरसको संक्रमण नभएको पाइएको छ । बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले हाललाई कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको बताए । हाल खरिपाटीमा राखिएका उनीहरुलाई आइतबार विहान काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याइए लगतै उनीहरुको नाक र घाँटी र नाकबाट स्याम्पल लिएर परीक्षण गरिएको थियो । उनीहरु सबैजनाबाट लिइएको नमुनाको परिक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो । https://youtu.be/FD5HNf9WqJw त्यसको रिपोर्ट नेगेटिभ पाइएको प्रवक्ता श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठले अब फेरी १४ दिन पछि सबैबाट पुनः नमुना संकलन गरेर परिक्षण गरिने जानकारी दिए । पत्रकार स्म्मेलनमा मन्त्रालयका सचिव खगराज बरालले चीनबाट नेपाली ल्याउन सहयोग गर्ने सबै पक्षलाई धन्यबाद दिए । उनले कोरोनाका कारण डराउनुपर्ने अवस्था नरहेको पनि बताए । उनले नेपालमा आउने पर्यटकका लागि पनि कोरोनाको खतरा नरहेको जिकिर गरे । नेपाल ल्याइएका नेपालीमा कोरोना भाइरस नेगेटिभ देखिएपछि चीनबाट ल्याएको १४ औँ दिनमा उनीहरुको नमुनाको पुनः परीक्षण गरिएपछि मात्र त्यहाँबाट बाहिर निस्किन दिइने मन्त्रालयको तयारी छ । चीनको हुबेइ प्रान्तको वुहान शहरमा गएको डिसेम्बरमा पहिलोपटक देखिएको कोभिड–१९ को संक्रमणले हाल महामारीको रुप लिएको छ । यसका कारण चीनमा दुई हजार भन्दा बढी मानिको मृत्यु भएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update