हिमाल दैनिक
महराको सफाइबारे सामाजिक सञ्जालमा स्टाटस् राख्दा यसरी चिप्लिए भट्टराई
baburam_mahara1
जिल्ला अदालतबाट सफाइ पाएर थुनामुक्त भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं पूर्व सभामुख कृष्णबहादुर महराको विषयमा समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईले सोमबार साँझ पोष्ट गरेको आफ्नो स्टाट्स ट्वीटरबाट हटाएका छन्। संसद सचिवालयकी महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोपमा दायर भएको मुद्दामा जिल्ला अदालत काठमाडौंका मुख्य न्यायाधीश अम्बरराज पौडेलले आरोप पुष्टि हुने आधार नभएको भन्दै महरालाई सफाइ दिएपछि पूर्व माओवादी नेता समेत रहेका भट्टराईले सोमबार साँझ ७ः२७ बजेतिर आफ्नो ट्वीटरमार्फत एउटा स्टाटस् सार्वजनिक गरेका थिए। जसमा उनले महराको मुद्दा कानूनी नभएर नैतिक हो भन्ने आफ्नो पूर्वअनुमान अनुरुप नै फैसला आएको बताउँदै ‘शायद सत्य त्यही हो’ भन्ने अभिव्यक्ति दिएका थिए।
अदालतबाट महराले सफाइ पाएलगत्तै नेता भट्टराईले भनेः 
"मियाँ बीबी राजी तो क्या करेगा काजी"
महराको विषयमा समाचार प्रकाशित भएपछि करिब ४ महिना अघि लामो पत्रै लेखेका भट्टराईले सोमबार साँझ सार्वजनिक गरेको प्रतिक्रियामा अदालतको फैसलालाई नेपाली समाजमा सनिँदै आएको उखान ‘मियाँ बीबी राजी तो क्या करेगा काजी जो भनिन्छ’ भन्ने भनाई राखेर महरा र उक्त विषयमा संलग्न महिलाबीचको नीजि मामिलामा अदालतको के कुरा भन्ने संकेत गरेका थिए। भट्टराईले आफ्नो ट्वीटरमा भनेका थिए, ‘महराको मुद्दा कानूनी नभएर नैतिक हो भन्ने मेरो अनुमान अनुरूप नै फैसला आएछ! शायद सत्य त्यही हो! मियाँ बीबी राजी तो क्या करेगा काजी जो भनिन्छ! तैपनि सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क रहनैपर्छ! जे हुनु भैगयो! अब बृहद सामाजिक/राष्ट्रिय मुद्दामा केन्द्रित होऔं!’ तर, मंगलबार बिहान भने भट्टराईले उक्त स्टाटस् आफ्नो ट्वीटरबाट किन हटाए भन्नेबारे कुनै कुरा उल्लेख नगरी डिलिट हानेका छन्। https://youtu.be/XXlGiZETFHc
प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update