हिमाल दैनिक
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व सभामुख कृष्णबहादुर महराले जिल्ला अदालतबाट सफाइ पाएलगत्तै पूर्व माओवादी नेता एवं समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईले आफ्नो पूर्व अनुमान अनुरुप नै अदालतको फैसला आएको दाबी गरेका छन्। आफ्नै कार्यालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेलगत्तै महरालाई पत्र सार्वजनिक रुपमा पत्र लेखेका महराका पूर्वसहयात्री भट्टराईले सोमबार महराको रिहाइपछि ट्वीटरमार्फत उक्त मुद्दा कानूनी नभएर नैतिक भएको पनि बताएका छन्। https://twitter.com/brb1954/status/1229400341197672449 उनले भनेका छन्, ‘महराको मुद्दा कानूनी नभएर नैतिक हो भन्ने मेरो अनुमान अनुरूप नै फैसला आएछ। शायद सत्य त्यही हो।’ साथै नेता भट्टराईले महरामाथि लागेको आरोपप्रति नेपाली समाजमा प्रचलित उखान राखेर महरा र आरोप लगाउने महिला कर्मचारीबीचको मिलोमतोमा भयो भने जे पनि हुनसक्ने आशयको प्रतिक्रिया दिएका छन्। नेता भट्टराईले भनेका छन्, ‘मियाँ बीबी राजी तो क्या करेगा काजी जो भनिन्छ। तैपनि सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क रहनैपर्छ। जे हुनु भैगयो। अब बृहद सामाजिक/राष्ट्रिय मुद्दामा केन्द्रित होऔं।’
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update