हिमाल दैनिक
बलात्कार प्रयासको अभियोगमा अदालतबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा जेलबाट रिहा भएका छन् । डिल्लीबजार कारागारबाट रिहा हुँदा महरालाई स्वागत गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता हिमाल शर्मा र कार्यकर्ता पुगेका थिए ।
महराले त पाए सफाई अब रोशनीको के होला?
रिहा भएपछि छोटो प्रतिक्रिया दिएका महराले थुनामा रहँदा सबैले राम्रो व्यवहार गरेको भन्दै आभार व्यक्त गरे । साथै उनले आफू निर्दोष भएको बताए । अरु विषयमा पछि बोल्ने महराले बताए । संसद सचिवालयकै एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोप लगाएपछि महरा १९ असोजमा पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत काठमाडौंले निर्दोश रहेको फैसला सुनाएको थियो । https://youtu.be/XXlGiZETFHc
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update