हिमाल दैनिक
महराले त पाए सफाई अब रोशनीको के होला?
KRISHNA BAHADUR MAHARA
आफ्नै कार्यालयकी महिला कर्मचारीविरुद्ध यौन दुव्र्यवहारको आरोपमा मुद्दा खेपिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व सभामुख कृष्णबहादुर महराले अनन्त: सफाई पाएपछि राहतको साहस फेरेका छन्। महरालाई आज काठमाडौँ जिल्ला अदालतले सफाई दिएको छ। असोज १९ गतेदेखि प्रहरी हिरासतमा रहेका महराको मुद्दामाथि वादी र प्रतिवादीको तर्फबाट आइतबार जिल्ला अदालतमा बहस सकिएपछि मुख्य न्यायाधीश अम्बरराज पौडेलले उक्त विषयलाई हेर्दाहेर्दैको स्थितिमा राखेको थियो। करिब ४ महिनादेखि मुद्दा मामिलामा परेका महरालाई आज पौडेलले आरोप पुष्टि हुने प्रमाण नपुगेको भन्दै सफाई दिएका हुन्। उनलाई आजै नै जेलबाट रिहा गरिनेछ। करिब चार महिना लामो चलेको प्रकरणमा महराले सफाईपछि यसले अब मुद्दाले नयाँ मोड लिएको छ। महराको सफाईले अब रोशनी शाहीमाथि अनुसन्धान र कर्बरीको दायरा आउन सक्ने सम्भावना बढेर गएको छ। रोशनी शाहीले पटक-पटक आफ्नो बयान त फेर्दै आएकी थिइन् नै, तर महराको सफाई पछि उनिमाथि नै अब मुद्दा चल्ने सम्भावना बढेको छ। https://youtu.be/XXlGiZETFHc नेपालको फौजदारी संहिता ऐन अनुसार कसैलाई झुटो आरोप, बयान, र चरित्र हत्या गर्ने ब्यक्ति माथि कारबाही गर्नपाउने प्रावधान छ। जसका अनुसार अब महराले रोशनी बिरुद्ध मानहानी झुटा उजुरी दिएको आरोपमा मुद्दा दायर गरेर क्षतिपूर्तिको माग गर्न पाउने छन्। नेपालको फौजदारी संहिता को ९८ अनुसार "कसैले कसैलाई क्षति पुराउने वा हैरान गर्ने नियतले कुनै न्यायिक कारबाही गर्न अधिकारी समक्ष झुटो कुराको दाबी वा अबियोग लगाई कुनै व्यक्तिका बिरुद्ध उजुरी वा सूचना दिनुहुदैन।" यदी कसुरबाट पिडित ब्यक्तिलाई कुनै किसिमको हानि, नोक्सानी पुगेको भए निजलाई यस बापतको क्षति पूर्ति कसुरबाट बारे दिनु पर्ने प्रावधान छ।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update