काठमाडौं जिल्ला अदालतले निबर्तमान सभामुख कृष्ण बहादुर महरालाई सफाई दिएको छ। सोमबार पूर्वसभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी आरोपमा सफाइ पाएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले महरालाई सफाइ दिएका हुन्।
अदालतको यो फैसलापछि जबर्जस्ती करणी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महरा आजै छुट्ने भएका छन्।
महराका पक्षमा वरिष्ठ अधिवक्ताहरू लवप्रसाद मैनाली, रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, डा। भीमार्जून आचार्य र सबिता भण्डारी बराल तथा अधिवक्ताहरू सुशील सापकोटा, मुरारी सापकोटा, डा। दिनमणि पोखरेलले बहस गरेका थिए ।
https://youtu.be/XXlGiZETFHc
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय