आफ्नै कार्यालयकी महिला कर्मचारीविरुद्ध यौन दुव्र्यवहारको आरोपमा मुद्दा खेपिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व सभामुख कृष्णबहादुर महरा आफ्नो मुद्दाको अन्तिम निर्णय सुन्न काठमाडौं जिल्ला अदालतमा पुगेका छन्।
असोज १९ गतेदेखि प्रहरी हिरासतमा रहेका महराको मुद्दामाथि वादी र प्रतिवादीको तर्फबाट आइतबार जिल्ला अदालतमा बहस सकिएपछि मुख्य न्यायाधीश अम्बरराज पौडेलले उक्त विषयलाई हेर्दाहेर्दैको स्थितिमा राख्दै आज फैसला दिने बताएका थिए।
दुबै पक्षको बहस सकिएपछि अदालतका कर्मचारीले फैसला आजै सुनाइदिए हुँदैन भनि गरेको प्रश्नको जवाफमा मुख्य न्यायाधीश पौडेलले देखाएको शारिरीक हाउभाउ र अभिव्यक्तिले कतिपय मानिसहरुको मनमा चिसो पसिसकेको छ।
जिल्ला अदालतका मुख्य न्यायाधीश पौडेलले मुद्दाको अन्तिम फैसला आज दिने जानकारी दिएपछि महरा अहिले जिल्ला अदालत बबरमहलमा पुगेका छन्।
सेवा अवधि सकिन एक महिना बाँकी रहेका न्यायाधीश पौडेलले महराको विषयमा प्रमाण र तथ्यका आधारमा यहि फैसला गर्लान् भन्नेमा कतिपयले आशंका गर्न पनि थालिसकेका छन्।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय