सभामुख पदमा अत्तो थापेर प्रतिनिधि सभालाई करिब डेढ महिनासम्म बन्धक बनाएकी निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङफे मन्त्री हुने भएकी छिन्।
तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि यौन दुराचारको आरोप लागेर पदमुक्त भएपछि उक्त पदका लागि आफू योग्य भएको भन्दा संविधान र कानून बमोजिम सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट सभामुख पदको उम्मेदवारी बनाउने विषयमा पुस ४ गतेदेखि माघ १२ गतेसम्म सदनलाई अनिर्णयको बन्दी बनाएकी तुम्बाहाङफेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदमा नियुक्त गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार, नेकपा सांसद तुम्बाहाङफेलाई आजै अपरान्ह ३ः३० बजे राष्ट्रपति भवनमा मन्त्री पदको सपथ दिलाउने तयारी भइरहेको छ।
पूर्व माओवादीको तर्फबाट सभामुख बनेका महरामाथिको आरोप पश्चात रिक्त भएको पदमा नेकपाका द्वितीय अध्यक्ष पुष्पकमल दाहालले पूर्व माओवादीकै नेता तथा वर्तमान सभामुख अग्निप्रसाद सापकोटालाई अघि सारेपछि पूर्व एमाले र सरकारको नेतृत्वले अवरोध श्रृजना गर्न तुम्बाहाङफेलाई मोहोराको रुपमा प्रयोग गरेको थियो।
लामो समयसम्म विवाद भएपछि अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली दाहालको प्रस्ताव बमोजिम सापकोटालाई सभामुख बनाउन सहमत भएपछि तुम्बाहाङफेले उपसभामुख पदबाट राजीनामा दिएकी थिइन्।
https://www.facebook.com/himaldainik/videos/875710289526275/?t=113 राजीनामा दिनेक्रममा पत्रकार सम्मेलन मार्फत उनले नेपालमा राजसंस्था भन्दा पनि बलियो रुपमा पितृसत्ताले जरा गाडेको र त्यसको विरुद्धमा लड्न ज्यादै कठिन भएको प्रतिक्रिया दिएकी थिएन।
https://www.facebook.com/himaldainik/videos/171549394201037/?t=15 तर, सोमबार त्यहि पितृसत्तात्मक पार्टी नेतृत्वले उनलाई मन्त्री पदमा नियुक्त गर्ने निर्णय गरेपछि उनले यसअघि लिएको अडानको पटाक्षेप भएको छ।
भिडियो: तुम्बाहाङफेले उपसभामुख पदबाट राजीनामा दिने क्रममा भनेकी थिइन् "कसैले पनि आफ्ना जरा र धरातल भुल्न हुँदैन"
https://www.facebook.com/himaldainik/videos/875710289526275/?t=113 राजीनामा दिनेक्रममा पत्रकार सम्मेलन मार्फत उनले नेपालमा राजसंस्था भन्दा पनि बलियो रुपमा पितृसत्ताले जरा गाडेको र त्यसको विरुद्धमा लड्न ज्यादै कठिन भएको प्रतिक्रिया दिएकी थिएन।
भिडियो :उपसभामुखबाट राजिनमा दिएको केहि क्षणमै पत्रकार सम्मेलन गरेर नेतृत्वप्रति आक्रोसित तुम्बाहाङफेले भनेकी थिइन्: पितृसत्तासँग हार खाएँ
https://www.facebook.com/himaldainik/videos/171549394201037/?t=15 तर, सोमबार त्यहि पितृसत्तात्मक पार्टी नेतृत्वले उनलाई मन्त्री पदमा नियुक्त गर्ने निर्णय गरेपछि उनले यसअघि लिएको अडानको पटाक्षेप भएको छ।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय