
सरकारले अतिक्रिमित सार्वजनिक जग्गा फिर्ता ल्याउने अभियान नै सुरु गरेको छ ।
आइतबार भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले काठमाडौं महानगरको वडा नम्बर ३१ स्थित सहयोगी नगरमा रहेको करिव १६ रोपनी जग्गा सरकार मातहत ल्याई अभियान सुरु गरेकी छिन् । उक्त जग्गामा मन्त्री अर्यालले ‘सरकारी जग्गा’ लेखिएको साइनबोर्ड राखेकी थिइन्।
बोर्ड राख्ने क्रममा केही स्थानीयले विरोध समेत गरेका थिए । सार्वजनिक तथा सरकारी जग्गाको यकिन गरिसकेको भन्दै अन्य स्थानमा अतिक्रिमित सार्वजनिक जग्गा फिर्ता गर्ने उनले बताए ।मन्त्री अर्यालले भनिन्, “यो सरकारी जग्गा हो, व्यक्तिले दाबी गरेर हुँदैन ।” मन्त्री अर्यालले चेतावनीका साथ भनिन्, “जग्गा अतिक्रमणमा जसको नाम परे पनि बाँकी छाड्दैनौँ, आँखामा पट्टी बाँधेर काम गर्छौँ”। उनले बाग्मती किनारमा रहेका जग्गाहरु व्यक्तिका नाममा ल्याएर भोगचलन गर्ने प्रवृति बढ्दै गएको भन्दै त्यसलाई रोक्ने जिकिर गरे ।
उनले डिल्लीबजार मालतपोत कार्यालय अन्तर्गत रहेका सरकारी जग्गा एकिन भएको र अन्य ४ वटा वडाहरुमा पनि प्रोफइल बनाउने काम सरकारले सम्पन्न गरेको बताईन ।
https://www.facebook.com/himaldainik/videos/2522826384667674/?t=1
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय