हिमाल दैनिक
आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि करणी उद्योगको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको फैसला सोमबार हुने भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलाशमा आइतबार अन्तिम सुनुवाइ भएको थियो । आइतबारै सुनुवाइ सकिए पनि फैसला भने भोलि (सोमबार) सुनाइने स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । गत कात्तिक १४ गते महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । https://www.facebook.com/himaldainik/videos/597149237505722/?t=1 महराविरुद्ध सरकारी वकिलहरूले बहस गरेका थिए । गत असोज पहिलो साता महरामाथि संसद सचिवालयमै कार्यरत रोशनी शाहीले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । त्यस्तो आरोप लागेपछि महराले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए । असोज १९ गते सभामुखको सरकारी निवासबाटै पक्राउ परेका महरा केही दिन नर्भिक अस्पतालमा बसे पनि अदालतले डिल्लीबजार कारागार चलान गर्ने गरी आदेश सुनाएपछि उनि सोही कारागारमा छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update