प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको कामको अनुभूति र प्रभावकै कारण राष्ट्रिय सभाको निर्वाचनमा जनताले मत परिणाम दिएको दाबी गरेका छन्।
सरकारको दुई वर्षे कार्यकाल पूरा गरेको उपलक्ष्यमा प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले अंक र तथ्यांकमा होइन परिणाममा देखिनु पर्यो भन्नेहरुले विगत दुई वर्षको अवधिमा तराईमा शीतलहरले एक जना पनि नमरेको प्रमाण पर्याप्त भएको बताए।
दुई वर्ष कार्यकाल पूरा गरेको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सरकारका उपलब्धी बारे जानकारी दिएको पुरा भिडियो हेर्नुहोस:
https://www.youtube.com/watch?v=j2_kYC6n6UA&feature=share&fbclid=IwAR3aR0_WJUvO8rWYTimCqd5kJULgDGJyubU6YvvdTT4Kx3vqI-o_YL_Ehq8 त्यतिमात्र होइन, जनताले सरकारप्रति देखाएको अुनभूति भन्दै भर्खरै सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनले पनि पुष्टि गरेको बताए। जब कि विद्यमान निर्वाचन ऐन अनुसार, हाल कायम रहेका गाउँपालिका, नगरपालिका प्रमुख र उपप्रमुख तथा प्रदेश सदस्यहरुले १८ जना राष्ट्रिय सभा सदस्यका लागि मतदान गरेका थिए। जसमा प्रदेश दुई बाहेक सबै ६ प्रदेशमा सत्तारुढ नेकपाकै तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुको बाहुल्यता थियो भने प्रदेश २ मा राष्ट्रिय जनता पार्टी नेपालसँग सत्तारुढ नेकपाले गरेको चुनावी तालमेल पश्चात त्यस प्रदेशमा पनि स्थानीय जनप्रतिनिधि र प्रदेश सभा सदस्यको संख्या विपक्षी दलको भन्दा बढी नै थियो।प्रकाशित मिति: बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय