विभागीयमन्त्री बैठक छाडेर एक्स्पो उद्घाटनमा हिँडेपछि शुक्रबार प्रदेश १ को प्रदेशसभा निर्धारित कार्यसूची पूरा नगरी स्थगन भएको छ । विराटनगरमा शुक्रबार बसेको प्रदेशसभा बैठकबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैत सदनको कारबाही नै पूरा नभई उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गरेको विराट एक्स्पको उद्घाटन कार्यक्रममा गएका थिए ।
सदनमा कुसियैतले नै सदनसमक्ष पेस गरेको प्रदेश वातावरणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकउपर छलफल पूरा भई मन्त्रीले जवाफ दिने कार्यसूची थियो । तर, सदनको कारबाही नै पूरा नभई मन्त्री कुसियैत सदनबाट उठेर हिँडेपछि प्रमुख विपक्षी कांग्रेसले नियमापत्ती गरेको हो ।
https://www.facebook.com/himaldainik/videos/660188288085798/?t=3
कांग्रेसले ‘सम्बन्धित विभागीयमन्त्री नै सदनमा अनुपस्थित भएपछि प्रदेशसभा संचालन नियमावलीअनुसार चल्न नसक्ने’ भन्दै नियमापत्ती गरेको थियो । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले नियमापत्ती जनाउँदै ‘मन्त्रीबिना सदन चल्न नसक्ने’ जिकिर गर्दै सदन सञ्चालन गरिरहेकी उपसभामुख सरस्वती पोखरेलेको ध्यानाकर्षण गरेकी थिइन् ।
प्रमुख सचेतक कार्कीले प्रदेशसभा नियमावलीले सदन चल्ने बरु मन्त्रीको आग्रह वा अनुरोधले नचल्ने नियमावली पढेर सोहीअनुरूप सदन चलाउन पुनः ध्यानाकर्षण गराए ।
उपसभामुख पोखरेलले कांग्रेसको मागप्रति सदनको ध्यानाकर्षण भएको र मन्त्री कुसियैतले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई जिम्मेवारी दिएको र केही माननीयले आग्रह गरेकाले सदनको कारबाही छोट्याएको बताएकी थिइन् । तर, कांग्रेसले सम्बन्धित ‘मन्त्रीबिना सदन चल्न नसक्ने’ अडान लिनपुग्यो । त्यसपछि पोखरेलले बैठक आइतबार १ बजेसम्मका लागि सदन स्थगन भएको घोषणा गरिन् । ।
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय