हिमाल दैनिक
सर्वोच्चको अख्तियारलाई प्रश्न: नेपाल र भट्टराईलाई उन्मुक्ति किन?
bhattrai-nepal-01
सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा कारण देखाऊ आदेश जारी गरेको छ। ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र माधव कुमार नेपाललाई उन्मुक्ति दिएको बिषयमा परेको रिट माथिको सुनुवाईमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले अख्तियारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
यो पनि पढ्नु होस्:
ललिता निवास प्रकरणमा नेपाल र भट्टरार्ईविरुद्धको रिटमाथि प्रधानन्यायाधीश जबराको
इजलासमा सुनुवाई हुँदै।
माघ २१ गते अख्तियारले प्रधानमन्त्री र मुख्यसचिवलाई नीतिगत निर्णयको आवरणमा उन्मुक्ति दिदै ३ मन्त्रीसहित १ सय ७५ जनाविरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। यसरी नेपाल र भट्टराई प्रधानमन्त्री भएको बेलामा नीतिगत निर्णयमात्र गरेको भन्दै उनीहरु विरुद्ध कुनै मुद्दा चलाउन नमिल्ने भन्दै बुधबार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
यस समन्धि अन्य समाचार:
१.ललिता निवास प्रकरणमा मुछिएका न्यायाधीशद्वारा सर्वोच्चमा रिट।
२.पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध पनि भ्रष्टाचारको मुद्दा चलाउन
माग गर्दै सर्वोच्चमा रिट।
३.बालुवाटार जग्गा प्रकरणमा अख्तियार दबाबमा परेको स्पष्ट देखियो: सभापति देउवा।
प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update