हिमाल दैनिक
आँउदो असारसम्म मेलम्चीको पानी सुन्दरीजल आइपुग्छ: मन्त्री मगर
bina_magar_himal_dainik
खानेपानी मन्त्रालयले आउँदो असारसम्‍म मेलम्चीको पानी काठमाडौंको सुन्दरीजल ल्याउने घोषणा गरेको छ । बिहीबार खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बिना मगरले मेलम्ची आयोजनाबारे स्वेतपत्र जारी गर्दै आर्थिक वर्ष ०७६÷७७ भित्र मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ परीक्षण र सञ्चालन गर्ने घोषणा गरेकी हुन् । त्‍यस्तै सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा बागमती नदीसम्‍मको आयोजनाको काम पनि असारभित्रै सक्ने उनले बताईन । असार मसान्तभित्र दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याउने मन्त्रालयको योजना रहेको समेत उनले बताईन । खानेपानी मन्त्री बिना मगरले आयोजनाले अहिलेसम्म विभिन्न समस्या बेहोर्न परेको बताईन । असार मसान्तभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने योजनालाई प्रभावकारी बनाउन मन्त्रालयले नियमित अनुगमन गरिरहेको मन्त्री मगरले बताईन । कार्यक्रममा खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले ड्याम सक्नका लागि केही समय लाग्ने भएपनि अल्टरनेट ड्यामबाट असार मसान्तसम्म पानी झर्ने बताए । सरकारले मेलम्ची आयोजनाको बाँकी काम एक वर्षभित्र गरिसक्न गत असोजमा चीनको सिनो हाइड्रोसँग सम्झौता गरेको थियो । त्यस्तै सीएमसीले कामदार र सक कन्ट्राकटरलाई दिन बाँकी रकमको विषयमा अध्ययन गर्न मन्‍त्रालयको सहसचिवको नेतृत्वमा समिति बनेनेको समितिले जनाएको छ।
यस समन्धि अन्य समाचार:
मेलम्ची खानेपानीको पाइप जडान गर्दा १६ करोडको लापरबाही!
मेलम्चीमा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा
सिनो हाइड्रोसँग मेलम्ची ‘हेडवक्र्स’को सम्झौता, १५ महिनामा सकिएला त काम?
प्रकाशित मिति: सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update