हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्। बिहिबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा सरकार प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको दुई वर्षको उपलब्धिका बारेमा प्रधानमन्त्री ओलीले भोलि सदनमा सम्बोधन गर्ने जानकारी दिए। प्रधानमन्त्री ओली नेतृत्वको सरकार गठन भएको दुई बर्ष पुगेको अवसरमा उनले भोलि सार्वजनिक महत्वको विषयमा सम्बोधन गर्ने संसद सचिवालयले जनाएको छ। २०७४ मंसिरमा सम्पन्न चुनाव लगत्तै फाल्गुन ३ गते ओली प्रधानमन्त्री पदमा नियुक्त भएका थिए। संसदको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री ओलीले भोलि दुई बजे संघीय संसदमा बिशेष समय लिएर सार्वजनिक महत्वको विषयमा सम्बोधन गर्ने बताइएको छ। [pdf-embedder url="https://himaldainik.com/wp-content/uploads/2020/02/tnwwyfom1hwdoqin.pdf"]  
प्रकाशित मिति: सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update