हिमाल दैनिक
ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै आज सर्वोच्च अदालतमा रिट दायर भएको छ। बुधबार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गर्ने मन्त्रिपरिषदका प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई भ्रष्टाचार मुद्दा चलाउनु पर्ने माग गदै आज अदालतमा रिट दायर गरेका हुन्। गत बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ३ मन्त्रीसहित १ सय ७५ जनाविरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। आयोगले नेपाल र भट्टराई प्रधानमन्त्री भएको बेलामा नीतिगत निर्णयमात्र गरेको भन्दै उनीहरु विरुद्ध कुनै मुद्दा चलाउन नमिल्ने भन्दै उनीहरूलाई उन्मुक्ति दिएपछि अख्तियारकाे विश्वसनियतामाथि प्रश्न उठेकाे थियाे। अधिवक्ता न्यौपानेले आयोगको त्यो व्याख्या गलत भएकाे र उनीहरूले गरेकाे निर्णय नीतिगत नभई कानुन विपरित निर्णय भएको बताएका छन्। उनले सरकारी जग्गालाई व्यक्तिको नाममा सार्ने निर्णय गर्ने मन्त्रिपरिषदका प्रधानमन्त्री सहित सबै मन्त्रीविरुद्ध भ्रष्टाचारको मुद्दा लगाउन माग गरेका छन्। अदालतले उक्त रिटको पेसी शुक्रबारका लागि तोकिएको छ।
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update