हिमाल दैनिक
नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीलाई दज्र्यानी चिह्न प्रदान
thakur-gyawali_himal_dainik
नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुर ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आईजीपीको दज्र्यानी चिन्ह लगाइदिएका छन् । बुधबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमबीच आईजीपी ज्ञवालीले दर्ज्यानी चिन्ह ग्रहण गरेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई बढुवा गरेको थियो । प्रदेश १ प्रहरी प्रमुख रहेका नायव महानिरीक्षक (डीआईजी) ज्ञवालीलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी बनाएको हो । दज्र्यानी चिन्ह ग्रहण कार्यक्रममा नवनियुक्त महानिरीक्षक ज्ञवालीले मुलुकको संविधानको दायराभित्र रहेर आफुले देश र जनताका लागि काम गर्ने प्रतिबद्धता जनाए । त्यस्तै गृहसचिव न्यौपानेले मुलुकको शान्ति सुरक्षा सुव्यवस्था कायम गर्नका लागि सुरक्षा निकाय चनाखो रहनुपर्ने बताए । कार्यक्रममा अन्य विशिष्ठ व्यक्तिहरुले नवनियुक्त महानिरीक्षक ज्ञवालीलाई शुभकामना दिएका थिए । ज्ञवालीले बुधबार नै पदभार ग्रहण गरेका छन् ।

भिडियो:

https://www.facebook.com/himaldainik/videos/188945532544266/?t=13
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update