हिमाल दैनिक
नेपाललाई सैन्यक्रिडास्थल नबनाउन प्रधानमन्त्रीलाई गजुरेलको पत्र
cp gajure
नेकपा क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चाले एमसीसीको बहानामा नेपाललाई सैन्यक्रिडास्थल बनाउन लागिएको भन्दै यसलाई अघि नवढाउन सरकारको ध्यानाकर्षण गरेको छ । मंगलबार मोर्चाका संयोजक सीपी गजुरेलको नेतृत्वमा प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउदै इन्डो प्यासिफिक रणनीति अन्तर्गतको एमसिसीमा पनि राष्ट्रघात हुन लागेको भन्दै ध्यानाकर्षण गराएको हो । अमेरिकी परियोजना एमसिसीका कारण राष्ट्रिय स्वाधीनतामा प्रश्न उठेको गजुरेलले बताए । प्रधानमन्त्री ओलीले भने अमेरिकी सहायताका लागि मात्र एसीसि अघि बढाउन लागिएको बताएका थिए । उनले अमेरिकासंग सहयोगका लागि पनि एसीसी अघि बढाउनुपर्ने बताउनुभएको गजुरेलले जानकारी दिए । त्यस्तै उनले लिम्पियाधुरा कालापानी क्षेत्रको भूभाग समेटेर नेपालले नयाँ नक्सा निकाल्नुका लागि पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराईएको बताए । प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधिनताका लागि सरकार प्रतिवद्ध रहेको बताएका थिए ।
प्रकाशित मिति: शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update