नेपाल भ्रमणमा रहेका क्यानडाको उपल्लो सदन (सिनेट) का सभामुख जर्ज जे फ्युरीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेका छन् ।
मंगलबार सिंहदरबारस्थीत मन्त्रालयमा सभामुख फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डले मन्त्री ज्ञवालीसँग शिष्टाचार भेट गरेको हो । भेटवार्तामा मन्त्री ज्ञवालीले नेपाल भ्रमण वर्षलाई सफल बनाउनको लागि क्यानडाको सहयोगको अपेक्षा गरेका थिए । जवाफमा सभामुखले आफूहरु सहयोग गर्न तयार रहेको बताएका थिए ।
मन्त्री ज्ञवालीले नेपालमा हुने ‘सगरमाथा सम्वाद’ मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधि पठाउन समेत आग्रह गरेका थिए। यसअघि सभामुख फुयुरी नेतृत्वको प्रतिनिधमण्डले मंगलबार नै प्रधानमन्त्री केपी ओलीसंग पनि भेटवार्ता गरेका थिए।
प्रकाशित मिति: शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय