हिमाल दैनिक
बालुवाटार जग्गा प्रकरणमा अख्तियार दबाबमा परेको स्पष्ट देखियो: सभापति देउवा
devendra-raj-kandel
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटार जग्गा प्रकरणमा पूर्वाग्रही ढंगले दबाब र प्रभावको आधारमा मुद्दा चलाएको बताएका छन् । सिंहदरबारमा मंगलबार बसेको कांग्रेस संसदीय दल बैठकमा उनले अख्तियार दबाबमा परेको भन्ने स्पष्ट रहेको र यसलाई राजीनितक एजेण्डाका रुपमा स्थापित गर्नका लागि देशव्यापी अभियान चलाउने बताए । देउवाले अख्तियारको कदमको विरोध सदनबाट गर्ने र यसका लागि सभामुखलाइ आफ्नो भनाई राख्नुपर्ने बताए । कांग्रेस लोकतन्त्रमाथि विश्वास गर्ने पार्टी रहेकाले त्यस अनुसार नै अघि बढ्ने उहाको भनाई छ। बैठकले संसदमा अवरोध नगर्ने गरेको थियो । संसदको अवरोध हटाएर राजनीतिक तथा कानूनी हिसाबले अघि बढ्ने निर्णय भएको काग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । https://www.facebook.com/himaldainik/videos/620182718547597/?t=1 बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्ता पक्षका नेतालाई चोख्याएको तथा कांग्रेसका नेतालाई मुद्दा चलाएको विरोधमा कांग्रेसले गएको बुधबारदेखि संसद बैठक अवरुद्ध गर्दै आएको थियो । बालुवाटार जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदारमाथि मुद्दा लागेको छ ।
प्रकाशित मिति: शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update