हिमाल दैनिक
अध्यक्ष तिमिल्सिना र क्यानडा सभामुख फ्युरीबीच भेटवार्ता
ganesh-timilsena-meet-canada-speaker-fury
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहेका क्यानडाको उपल्लो सदन (सिनेट)का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच शिष्टचार भेटवार्ता भएको छ। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहनुभएका सभामुख फ्युरी नेतृत्वको प्रतिनिधमण्डबीच सोमबार सिंहरबारमा भेटवार्ता भएको हो । भेटमा नेपाल र क्‍यानडाबीच कूटनीतिकसम्बन्ध,मित्रता,समझदारी,संसदीय सहकार्य लगायतका विषयमा कुराकानी भएको छ । अध्यक्ष तिमिल्सिनाले उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध र सहकार्यलाई मजबुद बनाउन सहयोग पुर्‍याउने बताए । उनले दुई देशबीच संसदीय सम्बन्धमा यो अहिलेसम्मकै उच्चस्तरीय भ्रमण भएकोे भन्दै भविष्यमा दुवैतर्फबाट यस किसिमका भ्रमणहरुको निरन्तरता हुने विश्वास व्यक्त गरे। भेटमा सभामुख जर्ज जे फ्युरीले नेपालसँगको सम्बन्धलाई उच्च महत्वका साथ लिएको बताए । उनले नेपाल एकात्मक राज्य प्रणालीबाट संघीय राज्य भएको बताउँदै यसका चुनौती बारे क्यानडा जानकार रहेको उल्लेख गरे । क्यानडा पनि संघीय मुलुक भएको बताउँदै सभामुख फ्युरीले नेपालको विकासका लागि आफ्नो देशको सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update