हिमाल दैनिक
बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको जग्गा विक्री प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका उपसभापति विजयकुमार गच्छदारको बचाउमा नेपाली कांग्रेसले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् । कांग्रसको भातृसंगठन तरुण दल र नेविसंघले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको नाममा दोषीलाई उन्मुक्ति दिने र निर्दोषलाई कारबाही गरेको भन्दै कांग्रेसका कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । https://youtu.be/RO1TwZ35HHk प्रदर्शनकारीले भ्रष्टाचार सरकार चाहिँदैन,निर्दोषलाई फसाउन पाइँदैन,संवैधानिक निकायहरूमा सरकारी हस्तक्षेप बन्द गर,विभेद र पूर्वाग्रह मानिँदैन,काण्डैकाण्डको सरकार चाहिँदैनलगायत नारा लगाएर उनीहरूले प्रदर्शन गरेका हुन् । विरोधमा उत्रिएका कांग्रेसका नेता कार्यकर्ताले बालुवाटारको जग्गा विक्रीको नर्णय गर्ने पूर्व प्रधानमन्त्री र खरिद गरी लालपूर्जा बोकेर हिँड्ने नेकपाका नेताहरुलाई कारवाही नभएको भन्दै चर्को नाराबाजी गरेका थिए । बिरोध प्रदर्शनमा तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आफुहरु कुनै व्यक्तिको पक्षमा नभइ सिष्टमको विरोध जनाएको बताए । त्यस्तै नेविसंघका महामन्त्री मनोज बैद्यले सरकारको अलोकतान्त्रीक कदमको विरोध गरिएको जानकारी बताए । बालुवाटार जग्गा प्रकरणमा अख्तियारले कांग्रेसका उपनेता विजय कुमार गच्छदारलगायत १ सय ७५ जनामाथि मुद्दा चलाएको थियो । कांग्रेसल सदन र सडकबाट त्यसको विरोध गर्दै आएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update