हिमाल दैनिक
ललिता निवास जग्गा प्रकरणमा पहुँचवाला र ठूला नेतालाई उन्मुक्ति: एक देश, दुई कानुन!
sajha party
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धर्ना दिन पुगेका साझा पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । ललिता निवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुलाई उन्मुक्ति दिएको भन्दै साझाले अख्तियारमा धर्ना दिएको थियो । आयोगले ललिता निवास जग्गा प्रकरणमा पहुँचवाला र ठूला नेतालाई उन्मुक्ति दिएको भन्दै बिहीबार आयोगको कार्यालय सामुन्ने विरोध प्रदर्शन गरेको हो । ‘एक देश, दुई कानुन’ भन्दै सिठ्ठी बजाएर बिरोधमा उत्रेपछि प्रहरीले पक्राउ गरेको थियो । साझा पार्टीकी बागमती प्रदेश संयोजक समीक्षा बास्कोटासहित एक दर्जन नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको सो पार्टीले जनाएको छ । आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि सो प्रकरणमा मुछिएका सत्तारुढ दलका नेताहरुलाई उन्मुक्ति दिइएको र उस्तै आरोप लागेका अन्यलाई मात्र विपक्षी बनाएर मुद्दा दायर गरिएको साझा पार्टीको आरोप छ ।
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update