हिमाल दैनिक
बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेकपा सरकारले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक प्रतिशोधका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत मुद्दा दायर गरेको आरोप लगाउँदै नेपाली कांग्रेसले सदनदेखि सडकसम्म विरोधका कार्यक्रम चर्काउने भएको छ। सत्तारुढ दलका नेता तथा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई तथा नेकपा महासचिव विष्णु पौडेल पुत्र नवीनलाई उन्मुक्ति दिएर तत्कालिन मन्त्री गच्छदारविरुद्ध मात्रै मुद्दा दायर गरिएको विषयलाई कांग्रेसले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको अधिनायकवादी सोचमा चालिएको पूर्वाग्रह र राजनीतिक प्रतिशोधपूर्ण कदमको संज्ञा दिएर कांग्रेसले शुक्रबारदेखि विभिन्न भातृ संस्थाको नेतृत्वमा सडकमा उत्रने घोषणा गरेको हो। बिहीबार पार्टी पदाधिकारीहरुले विभिन्न भातृ संस्थाका प्रमुख तथा पदाधिकारीहरुसँग गरेको परामर्श पश्चात सरकारको निर्देशनमा दर्ता भएको मुद्दाविरुद्ध भोलि नेपाल विद्यार्थी संघको नेतृत्वमा राजधानी लगायत विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने बताइएको छ। यसैगरी नेपाल तरुण दलले माघ २६ गते आइतबा ७७ जिल्ला बिहान ११ बजे विरोध कार्यक्रम गर्ने निर्णय भएको तरुण दल अध्यष जितजंग बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। साथै बस्नेतले भोलि राजधानीको माइतीघर मण्डलामा आइतबार बिहान ११ बजे बृहत विरोध कार्यक्रम रहेको बताउँदै बागमती अञ्चलभित्रका सबै जिल्ला समितिलाई उक्त विरोध कार्यक्रममा सहभागी हुन निर्देशन समेत जारी गरेका छन्।
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update