हिमाल दैनिक
सरकारको अर्जुनदृष्टिमा निजगढ विमानस्थल
yogesh-bhattrai-himal-dainik
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थलबाट अबको पाँच वर्षमा व्यावसायिक उडान गरिछाड्ने बताएका छन् । बुधबार नागरिक उड्डयन प्राधिकरणले नेपालका ५४ वटा विमानस्थलको अवस्थाबारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले यस्तो बताएका हुन्। उनले काठमाडौंको चापलाई कम गर्न निजगढ विमानस्थलको विकल्प नभएको पनि बताए। काठमाडौंमा जहाज होल्ड हुने समस्या समाधान गर्न निजगढ विमानस्थलको विकल्प नभएको भन्दै सबै समस्या समाधान हुने निजगढ विमानस्थल सरकारको अर्जुनदृष्टिमा रहेको उल्लेख गरे । आउने पाँच वर्षमा नागरिक उड्यनमा ठूलो क्रान्ति गर्ने भन्दै उनले यसले पर्यटन क्षेत्रमा ठूलो फड्को मार्ने दाबी गरे । https://www.facebook.com/himaldainik/videos/205809980596494/ त्यस्तै निजगढमा लगानीका लागि जुरिचलाई उपयुक्त ठानिएको जानकारी दिदै अबको १५ दिनभित्र जुरिचले प्रस्ताव पठाएपछि काम अघि बढ्ने उनले बताए । मन्त्री भट्टराईले निजगढमा १० लाख जनता उतारेर काम थालिने बताए । निजगढ विमानस्थल निर्माणका लागि टाँगिया बस्तीमा १४ सय घरपरिवारको प्रोफाइल आइसकेपछि अब खाली गर्ने उल्लेख गरे । अहिलेको सरकारको ध्यान कनेक्टेभिटी बढाउनेतर्फ रहेको भन्दै अबको पाँच वर्षमा अन्तराष्ट्रिय विमानस्थलतर्फ ठूलो लगानी गरिने उनको भनाई छ । त्यस्तै आन्तरिक विमानस्थललाई मजबुत बनाउन पनि ठूलो लगानी गरिने जानकारी दिए । आन्तरिक विमानस्थल स्तरोन्‍नति र विस्तारका लागि ४६ अर्ब रुपैयाँ खर्च गर्ने योजना रहेको उनले बताए।
प्रकाशित मिति: आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update