सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम बहादुर रावलले एमसीसीमा रहेका प्रावधानलाई लुकाइएको आरोप लगाएका छन् ।
देशभक्त जनगणतान्त्रीक मोर्चाले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताका कतिपय प्रावधानहरु लुकाएको र अध्ययनका लागी माग्दा नदिइएको आरोप लगाएका हुन् ।
उनले धेरैपछिमात्र आफुहले एमसीसीका केहि प्रावधानहरुबारे आफुले थाहा पाएको र यसको विरोधमा बोलेको बताए । सम्झौताका कतिपय प्रावधानहरु नेपालको हितमा नरहेको भन्दै यसबारेमा दुवै देशले स्पष्ट पार्नुपर्ने उहाले दोहराए ।
कार्यक्रममा सहभागी अन्य नेताहरुले एमसीसी राष्ट्रको हितमा नरहेको बताएका थिए ।
प्रकाशित मिति: शनिबार, माघ १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय