प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भ्रष्टाचार बढेको भन्ने आरोप निराधार भएको दावी गरेका छन् । आइतबार नेकपा केन्द्रीय कमिटी बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले ओलीले भ्रष्टाचार बढेको नभई सरकारले छानबिन र कारबाही गर्न थालेपछि धेरै बाहिर आएको बताए ।
ओलीले विगतका भ्रष्टाचार काण्डहरु अहिलेको सरकारका पालामा छानबिन गरेर बाहिर ल्याइएकाले भ्रष्टाचार बढेजस्तो देखिएको बताए । अहिले सरकारले कारवाही गरेपछि भ्रष्टाचार बढेको ढंगले प्रचार गरिएको उनको तर्क छ । नेकपाका अध्यक्ष समेत रहेका ओलीले अबदेखि तीनै तहका सरकारले पार्टीको निर्देशन मान्ने बताए।
जनतामा सुशासन र स्वच्छताका लागि नेकपा नेतृत्वको सरकार बनेको भन्दै उनले पार्टीले नै सरकार चलाउने भएकाले पार्टीको निर्देशन सरकारले मानेर जानुपर्ने जिकिर गरे । उनले कुनैपनि तहको सरकारमा रहेका आफ्ना पार्टीका नेता कार्यकर्ताहरुले भ्रष्टाचार गरेको फेला परे कडा कारवाही हुने चेतावनी समेत दिए ।
ओलीले अव पार्टी एकतावद्ध र एकढिक्का भएर अघि बढ्ने जिकिर गरे । प्रधानमन्त्री ओलीले चीनमा फैलिएको कोरोना भाइरसबारे सरकार एकदमै संवेदनशील रहेको बताए । चीनमा रहेका नेपाली विद्यार्थीलाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको भन्दै ओलीले चीनले नै व्यवस्था गरिरहेको जानकारी दिए ।
https://www.facebook.com/himaldainik/videos/182846219442893/?t=4
पार्टीको विषयलाई लिएर प्रधानमन्त्री ओलीले केही संचारमाध्यमले गलत ढंगले व्याख्या गरेको पनि बताए । यसअघि बैठकमा अर्का अध्यक्ष प्रचण्डले बैठकमा भएका छलफलबाट प्राप्त सुझावलाई मनन गर्दै पार्टी अघि बढ्ने बताए ।
प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय