हिमाल दैनिक
नेकपा केन्द्रीय कमिटी बैठक ११ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न, वामदेवकाे पदाेन्नती (भिडियाेसहित)
nekapa kendriye purn baithak
बिभिन्न ११ बुँदे प्रस्ताव पारित गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय कमिटी बैठक आइतबार सम्पन्न भएको छ । काठमाडौंमा बसेको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन तथा महासचिवको सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गर्नुका साथै बिभिन्न ११ बुँदे प्रस्ताव पारित गरेको हो बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन आगामी वर्ष २०७७ को चैत २५ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको छ । । बैठकले नेता बामदेव गौतमलाई केन्द्रीय उपाध्यक्षमा नियुक्त गरेको छ । यस्तै नेपालको सबै वास्तविक भू–भाग समेटिएको नक्सा प्रकाशित गर्न सरकारलाई विशेष आग्रह गर्ने निर्णय पनि गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। यसका साथै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न ३ सदस्यीय कार्यदल पनि गठन भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । कार्यदलमा वरिष्ठ नेता झलनाथ खनाल संयोजक र स्थायी कमिटी सदस्यहरू भीम रावल तथा प्रदीप ज्ञवाली सदस्य छन् । पार्टी पोलिटब्यूरो छिट्टै गठन गर्ने र महाधिवेशनसम्ममा पार्टीका हरेक कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताए । https://www.facebook.com/himaldainik/videos/182153023002346/?t=1 बैठकले केन्द्रीय निकायहरूको सांगठनिक एकीकरणसहितका बाँकी काम छिट्टै सम्पन्न गर्ने निर्णय गरेको छ । गुटबन्दी अन्त्यको प्रक्रिया नेतृत्वबाट नै शुरूआत गर्ने विषयलाई नेतृत्वले गम्भीरतापूर्वक लिने प्रतिबद्धता बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताए। बैठकले कोरोना भाइरसको संक्रमणका सम्बन्धमा समेत ध्यान दिएर सचेत रहने र यसलाई संक्रमणको दिशामा जान नदिन सरकारलाई विशेष अनुरोध गर्ने निणूय पनि गरेको ट भने निर्वाचनलाई कम खर्चिलो कसरी बनाउने भन्ने विषयमा देशव्यापी छलफल र बहस गर्ने निष्कर्ष पनि नेकपाले गरेको छ । बैठकले भारतले मिचेको ६० हजार हेक्टर भन्दा धेरै नेपाली भूमिदेखि, इरान–अमेरिकाबीचको द्वन्द्वले मध्यपूर्वमा देखिएको तनावबारे पनि प्रस्ताव पारित गरेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update