हिमाल दैनिक
नेकपाको केन्द्रीय कमिटी बैठक जारी
pm niwas
सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक आजै समापन गर्ने तयारी नेकपाको छ । यसअघि प्रधानमन्त्री निबास बालुवाटारमाा बसेको नेकपा सचिवालय बैठकले पनि केन्द्रीय समिति बैठक आजै समापन गर्ने निर्णय गरेको थियो । प्रवक्ता नारायणकाजी श्रेष्ठले र्बठकमा केन्द्रीय कमिटीका सदस्यहरुले राखेका विभिन्न जिज्ञासा र सुझावलाई सम्बोधन गर्ने गरी नेताहरुबीच छलफल भएको जानकारी दिए । चार दिनअघि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन प्रस्तुत गरेका थिए । तीनै प्रतिवेदनलाई आधार बनाएर केन्द्रीय समितिमा समूहगत छलफल भएको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update