हिमाल दैनिक
चीनको वुहान शहरमा देखिएको प्राणघातक कोरोना भाइरसको प्रकोपबाट बचाउँन त्यहाँ रहेका नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारले गम्भीरताका साथ पहल नचालेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन्। उक्त शहमा कोरोनाको प्रकोपबाट कयौको मृत्यु भईसकेको र यसवाट हजारौं संक्रमित भए लगत्तै अन्तर्राष्ट्रिय रुपमा संक्रमण फैलिन शुरु गरेको अवस्थामा विश्व स्वास्थ्य संगठनद्धारा घोषित संकटकाल र संक्रमणको सामना गनृ अन्य राष्ट्रले शुरु गरिसकेपनि नेपाल सरकारले कुनै गम्भीरताका साथ सतर्कता नपनाएर कर्तव्यप्रति च्यूत भएको भन्दै सभापति देउवाले सरकारको कार्यशैलीप्रति दुःख व्यक्त पनि गरेका छन्। चीन सरकारले अपनाएको प्रभावकारी प्रयासप्रति चिनिया सरकारलाई धन्यवाद दिँदै विश्व स्वास्थ्य संगठनद्वारा घोषित संकटकाल र संक्रमण सामना गर्न अन्य राष्ट्रले शुरु गरेको सम्पुर्ण सतर्कता संगै नेपाल देशले राख्नु पर्ने सतर्कता र सरकारले युद्दस्तरमा निर्वाह गर्नुपर्ने कर्तव्यबारे सजग गराउंदै उनले पाँच बुँदे अपिल जारी गरेका छन्। कोरोना भाइरस संक्रमणको जोखिम र पूर्व सतर्कताबारे सरकारले विविध माध्यमबाट नागरिक पंक्तिमा व्यापक सूचना संप्रेशण गर्न जरुरी रहेको उल्लेख गर्दै देउवाले नागरिकलाई सुसूचित गर्ने अभियानमा साझा दायित्व साथ महत्वपुर्ण भुमिका निर्वाह गर्न आफ्नो पार्टीका नेता, कार्यकर्तासँगै सबै राजनितिक दल, संघ संस्था र सबै संचार माध्यमहरुलाई बिशेष आग्रह पनि गरेको छन्। नेपाल प्रवेशका सबै अन्तर्राष्ट्रिय नाकामा विशेष हेल्थ डेस्क प्रभावकारी ढंगले संचालन गर्न र उक्त संक्रमको भाइरस नेपाल प्रवेश हुनबाट रोकथाम गर्न पनि उनले सरकारसँग माग गरेका छन्। ‘कयौं देशले चीनको वुहान शहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काईसकेको विवरण आएका छन्। तर, त्यहाँ रहेका करिब एकसय नेपाली बिद्यार्थीसंगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु दुस्खद र आपत्तिजनक छ। कोरोना भाईरसको संक्रमणबाट जोगाउंदै वुहानका नेपालीलाई यथासिघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन म सरकारलाई अनुरोध गर्दछु,’ देउवाले विज्ञप्तिमा भनेका छन्। वुहानबाट नेपालीहरुलाई उद्दार गरेर ल्याए पश्चात स्वास्थ्य परिक्षणको प्रतिवेदन आउने निश्चित अवधिभर अलग्गै राख्ने शिविरको प्रवन्ध गर्न सरकारले तत्काल कार्य सुरु गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्। संक्रमण परिक्षणका लागि राजधानीमा अलग्गै केन्द्र तत्काल स्थापना गर्नुपर्ने अनिवार्य आवश्यकता रहेको बताउँदै देउवाले यसलाई गम्भीरतापुर्वक लिएर गम्भीरताकासाथ कार्य गर्न म सरकारलाई सचेत गराएका छन्।
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update