हिमाल दैनिक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको आरोप लगाएका छन्। शुक्रबारबाट काठमाडौंमा सुरु पार्टीको केन्द्रीय कार्यसमितिको पूर्ण बैठकमा अध्यक्ष थापाले प्रस्तुत गरेको ‘वर्तमान राजनीतिक सन्दर्भ र राप्रपाको भावि कार्यदिशा’ शीर्षकको ६ पृष्ठ लामो कार्यपपत्रको पहिलो बुँदामै नेकपा नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको आरोपसहितको धारणा राखेका छन्। देश आर्थिक विकास र समृद्धिको बाटोमा अग्रसर हुने आशा गरिएपनि सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसक्दा जनतामा निरासा छाएको प्रतिवेदनमा उल्लेख गरिएको छ। पूर्वाधार विकासका क्षेत्रमा केही कामहरु भएपनि लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, व्यापारघाटा न्यूनिकरण तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरकार असफल भएको अध्यक्ष थापा भनाइ छ। थापाको प्रतिवेदनमा कांग्रेस र कम्यनिष्टबाट मुलुकलाई बेइमानी र धोका भएको कारण जनताले विकल्प खोज्न थालेको उल्लेख छ। साथै धर्म परिवर्तन, बेरोजगारी समस्या, नीतिगत भ्रष्टाचार बढेको जस्ता आरोप प्रतिवेदनमा उल्लेख गरिएको छ। अध्यक्ष थापाले समान विचारधारा मिल्ने दलहरुसँग एकता र सहकार्यको बाटो खुला रहेको जनाउँदै राप्रपाले समाज, राजनीति र व्यवस्था बदल्ने संकल्पसहित निरन्तर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। राप्रपाले आगामी महाधिवेशनबाट पार्टीमा महत्वपूर्ण परिवर्तन हुने संकेत पनि उनले गरेका छन्। राप्रपाले हिन्दुराष्ट्र पुर्नस्थापना भ्रष्टाचार नियन्त्रण लगायतका माग राखेर देशव्यापी जनसंघर्ष सुरु गर्ने पनि जनाएको छ। केन्द्रीय कार्यसमिति बैठक दुई दिनसम्म चल्ने छ।
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update