हिमाल दैनिक
छाउगोठ भत्काएकोमा सत्तापक्षकै सांसदको आपत्तिः हिँजो गोर्खाली सेनाको नाममा अहिले छाउगोठका नाममा हाम्रा घर भत्काइयो
प्रतिनिधि सभा बैठक
पछिल्लो समय गैरसरकारी संस्थाको सहयोगमा स्थानीय प्रशासनको समेत सहभागितामा सुदुरपश्चिम र मध्यपश्चिमका जिल्लामा चलेको छाउगोठ भत्काउने अभियानको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले चर्को विरोध गरेका छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसद गजेन्द्रबहादुर महतले सुरुमै गाउँतिर चलेको उखान ‘काम पाइनस् बुहारी... जस्तै अहिले हाम्रो गृहमन्त्रालय यस्तै छ’ भन्दै गृहमन्त्रालयको गतिविधिप्रति आक्रोस व्यक्त गरे। उनले छाउगोठका नाममा आफ्ना घरहरु भत्काइएको आरोप लगाउँदै उनले भने, ‘एउटा व्यक्तिको मृत्यु भयो भन्दैमा घर भत्काउन पाइन्छ? ८ जना मान्छे होटलमा मृत्यु भएको छ होटल भत्काउँदै हिँड्ने? हजारौँ मान्छेहरु बसमा मृत्यु भएको छ अब बस भत्काउँदै, आगो लगाउँदै हिँड्ने? यो पनि तरिका कहिँ हुन्छ? चाहिँदो काम गर्नु पर्यो नि।’ https://www.facebook.com/himaldainik/videos/488703588713790/?t=14 साथै उनले जिल्लामा जाने नून, औषधी बेचिएको, भ्रष्टाचार व्याप्त भएको बाटो र पुलको अवस्थासँगै स्कूल अस्पतालको अवस्था बेहाल रहेको र निर्माणको जिम्मा लिएका ठेकदारहरु लापता रहेपनि उनीहरुलाई पक्राउ गरी कारबाही नगरेकोमा रोष प्रकट गरे। ‘स्कूलको अवस्था के छ? हस्पीटलको अवस्था के छ? त्यो हेर्नु पर्दैन?,’ भन्ने प्रश्न गर्दै उनले थपे, ‘हिँजो गोर्खाली सेनाका नाममा हाम्रा घर भत्काइयो। अहिले छाउगोठका नाममा हाम्रा घर भत्काउने? यो के हेरेर बसेको गृहमन्त्रालय? काम पाएको छैन यसले?’
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update