सभामुख अग्नि सापकोटाले संसदलाई जीवन्त राख्न आफ्नो कार्यकालमा सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाएका छन्। बिहीबार सिंहदरबारमा संसदीय पत्रकार समाजले आयोजना गरेको छलफल कार्यक्रममा उनले सदनलाई कसरी जीवन्त राख्न सकिन्छ भन्ने बिषयमा छलफल चलाउने बताएका हुन् ।
सम्वाद र छलफलको वातावरण बनाएर नै अघि बढ्दा सवैलाई फाइदा हुने उनको भनाई छ । पत्रकारहरुले गर्ने स्तरीय रिपोर्टिङले पत्रकार र संसद दुवैको उचाई बढ्ने भन्दै राज्यका प्रमुख तीन अङ्गमध्ये धेरै कुराको सुरुवात हुने अंग संसद भएको उनले बताए ।
नवनिर्वाचित सापकोटालाई पत्रकारहरुले संसदभित्र लवि रिपोर्टिङको व्यवस्था गर्न तथा मिडिया कक्ष व्यवस्थित बनाउन सुझाव दिए ।
उनले यसअघि पनि आफु सरकार र पार्टी प्रवक्ताको जिम्मेवारीमा रहँदा पत्रकारहरुको सम्पर्कमै रहेको भन्दै अब पनि सम्पर्कमै रहनुपर्ने भएकाले आफुलाई पुनर्मिलन लागेजस्तो अनुभव भएको बताए।
प्रकाशित मिति: सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय