हिमाल दैनिक
कांग्रेसको १४औं महाधिवेशन ०७७ फागुन ७ देखि काठमाडौंमै, तल्लो तहको अधिवेशन कार्यतालिकामा हेरफेर
83556530_511659956370526_6377981814144761856_n
नेपाली कांग्रेसको १४औं महाधिवेशन पूर्वनिर्धातिर मिति २०७७ फागुन ७ देखि १० गते नै काठमाडौंमा हुने भएको छ। सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मतिमा यसअघि पुस ११ गतेको बैठकले गरेको निर्णयलाई अनुमोदन गर्दै तल्लो निकायको अधिवेशन सम्बन्धि कार्यतालिकामा भने परिवर्तन गरेको छ। यसअघि असन्तुष्ट पक्षका नेता तथा केन्द्रीय सदस्यहको अनुपस्थितिमै सभापति शेरबहादुर देउवाले पुस ११ गते महाधिवेशनको तिथि र मिति तय गरेका थिए। त्यसपछि उत्पन्न विवाद समाधानका लागि भएका चरणबद्ध वार्ता पश्चात आजको बैठकले यसअघि तोकिएको केन्द्रीय महाधिवेशनको मिति २०७७ फागुन ७ गतेदेखि १० गतेसम्म नै हुनेगरी तल्ला तहका अधिवेशन केही अगाडी सारिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। अब १४ औं महाधिवेशन अन्तर्गतका अधिवेशनहरु २०७७ कात्तिक १६ गतेबाट वडा अधिवेशन सुरु गरेर ६ चरणको अधिवेशन मंसिर २९ गते प्रदेश अधिवेशनमा टुंगिने छ। यसअघि पुस ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट सभापति शेरबहादुर देउवाले बहुमतले मंसिर ९ गते वडा अधिवेशन गर्ने निर्णय गराएका थिए। सोमबारको बैठकमा भने संस्थापन इतर समूह पनि सहभागी थियो। प्रवक्ता शर्माका अनुसार सहमतिमा अव गाउँ र नगर अधिवेशन ०७७ कात्तिक १८ गते हुनेछ। प्रदेशसभा अधिवेशन कात्तिक २१ गते र प्रतिनिधिसभा अधिवेशन कात्तिक २३ गते गर्ने निर्णय पनि सर्वसम्मतिले गरेको छ। एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन पनि त्यसैदिन हुनेछ। त्यस्तै एकभन्दा बढि प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन कात्तिक २५ गते र प्रदेश अधिवेशन मंसिर २९ गते गर्ने निर्णय बैठकले सर्वसम्मतिले गरेको प्रवक्ता शर्माले जानकारी दिए। त्यसैगरी पार्टीको क्रियाशील सदस्यता वितरण गर्नु अघि माघ मसान्तसम्ममा पार्टी विधानको दफा ७२ बमोजिम तल्लो तहमा अन्तरिम संरचना समायोजन गर्न बाँकी कार्य टुंगो लगाउने सहमति भएको छ। यसअघि विवाद चर्किएर नगएको भए उक्त समायोजनको प्रक्रिया पुसभित्रै गरिसक्ने कार्यतालिका रहेको थियो। त्यसपछि लगत्तै फागुन र चैतभित्रमा कांग्रेसको वितरण र नविकरण विधान बमोजिम गरिसक्ने र त्यसपछि चरणबद्ध रुपमा क्रियाशील सदस्यतामाथिको दाबीविरोध, छानविन लगायतका प्रक्रिया साउन भित्र सक्ने तयारी कांग्रेस गरेको छ। यसरी वितरण भएको क्रियाशील सदस्यताको छानविन गर्न सभापति देउवाले आवश्यक परामर्श गरी एउटा समिति गठन गर्ने पनि निर्णय भएको छ। यसअघि पारित भएको विधानका धारा निलम्बन तथा महाधिवेशनका कार्यविधि र लगायतका विषयमा आगामी माघ २३ गते बस्ने बैठकले निर्णय गर्ने जनाइएको छ। माघ १३, २०७६ प्रेस विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । बैठकको निर्णय देहाय बमोजिम रहेको छ— १. नेपाली कांग्रेस पार्टी संगठनको अन्तरिम संरचनाको समायोजन पश्चात क्रियाशील सदस्यता वितरण÷नविकरण गरी पार्टीको विधान र नियमावली अनुसारका आवश्यक प्रक्रिया पु¥याई देहाय बमोजिमको मितिमा देहाय बमोजिमका कार्य सम्पन्न गरी पार्टीका मातहत निकायका अधिवेशन र चौधौ महाधिवेशन सम्पन्न गर्नको लागि कार्यतालिका परिमार्जित गरिएको छ । (क) पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने अवधि– २०७६ माघ मसान्तभित्र । (ख) विधानले तोकेको कार्यविधि बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि – २०७६ फाल्गुण देखि २०७६ चैत्र मसान्तसम्म । (ग) प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधि – २०७७ वैशाख मसान्तभित्र । (घ) नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि –२०७७ जेष्ठ १५ गतेभित्र । (ङ) उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ जेष्ठ मसान्तभित्र । (च) क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी÷पुनरावेदन दिइसक्नु पर्ने अवधि –२०७७ असार १५ गतेभित्र । (छ) उजुरी÷पुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ श्रावण १५ गतेभित्र । (ज) नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने अवधि –२०७७ श्रावण २५ गतेभित्र । (झ) केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि –२०७७ श्रावण मसान्तभित्र । २. अधिवेशन ः (क) गाउँ÷नगर वडा अधिवेशन– २०७७ कात्र्तिक १६ गते (ख) गाउँ÷नगरपालिका अधिवेशन– २०७७ कात्र्तिक १८ गते (ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ कात्र्तिक २१ गते (घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ कात्र्तिक २३ गते (ङ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन –२०७७ कात्र्तिक २५ गते (च) प्रदेश अधिवेशन– २०७७ मंसिर २९ गते (छ) केन्द्रीय महाधिवेशन ः२०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं । ३. नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (८) (ङ) बमोजिम गठन हुने “क्रियाशील सदस्यता केन्द्रीय छानविन समिति” ले गर्ने कार्य सम्पादन गर्नका लागि विधानको धारा २२ (७) बमोजिम सात सदस्यीय क्रियाशील सदस्यता छानविन समिति गठन गर्ने । यस समितिले विधानको धारा ४ (८) (घ) र (ङ) बमोजिमको कार्य तोकिए बमोजिमको अवधिभित्र सम्पन्न गर्नेछ । सभापतिले समितिका संयोजक र सदस्यहरुको मनोनयन आवश्यक परामर्श गरी गर्ने । ४. पार्टीको १४ औं महाधिवेशन सम्पन्न गर्नका लागि परिमार्जन सहित आज पारित गरिएको उपरोक्त कार्यतालिका र कार्यविधिसँग सम्बन्धित विधानका धारा र नियमावलीका नियम सम्बन्धमा अर्को बैठकमा छलफल गरी निर्णय गर्ने । केन्द्रीय कार्यसमितिको अर्को बैठक यही माघ २३ गते दिउँसो २ बजे पुनः बस्नेछ ।  
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update