हिमाल दैनिक
नव–नियुक्त सभामुख सापकोटा र चीनियाँ राजदूत यान्छीबीच भेटवार्ता
hau yanchi
नेपालका लागि चीनियाँ राजदूत हाउ यान्छीले नव–नियुक्त सभामुख अग्निप्रसाद सापकोटालाई सफल कार्यकालको शुभकामना दिएकी छिन् । सोमबार दिउँसो सिंहदरबार पुगेर राजदूत यान्छीले सभामुख सापकोटासँग भेट गर्दै शुभकामना दिएकी हुन् । सोमबार मात्रै सभामुखको सथपग्रहण गरेका सापकोटालाई भेट्न सिंहदरबार पुगेकी राजदूत यान्छीले सापकोटासँग करिब आधा घण्टा कुराकानी गरेकी थिइन्। नवनियुक्त सभामुख सापकोटालाई भेटेरै शुभकामना दिने चिनियाँ राजदूत यान्छी नेपालमा रहेका कुटनीतिक नियोगको पहिलो व्यक्ति हुन्।
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update