हिमाल दैनिक
गुल्मीमा नेत्रविक्रम चन्द समूहका जिल्ला सदस्य पक्राउ परेका छन् । गुल्मी मुसिकोट नगरपालिका घर भएका आकाश भनिने गोविन्दबहादुर विक जिल्ला सदरमुकाम तम्घासबाट पक्राउ परेका हुन् । आफ्नो व्यक्तिगत कामको सिलसिलामा सदरमुकाम तम्घास आएका विकलाई रेसुङ्गा नगरपालिका–२ अन्तर्गत जीप पार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक खड्काले बताए। विकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तम्घासमा हिरासतमा राखिएको छ । पछिल्लो समयमा नेत्रविक्रम चन्द समूहले जिल्लामा चन्दा आतङ्क बढाएको भन्दै प्रहरीले सो समूहका गतिविधिमाथि निगरानी बढाइरहेको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update