नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटाले प्राथमिकताका आधारमा संसदको कामकारवाही अघि बढाउने बताएका छन् ।
सोमबार सिहदरबारस्थीत कार्यकक्षमा पदभार गर्दै उनले संसदमा दर्ता भएका बिधेयकहरुका बारेमा अध्ययन गर्ने र प्राथमिकताका आधारमा बिधेयकहरुलाइ अघि बढाउने बताएका हुन्। सभामुख सापकोटाले आफु लोकतान्त्रीक मूल्य मान्यतालाई आत्मसात गर्दै अघि बढ्ने पनि बताए ।
त्यस्तै सार्वजनिक महत्वका विषयलाई प्राथमिकतामा राखेर आफू अघि बढ्ने पनि सभामुख सापकोटाले प्रतिबद्धता जनाए । त्यस्तै सभामुख सापकोटाले एमसीसीका बारेमा बहस छेडिएकाले यसलाई अनुमोदन गर्न हतार गर्न नहुने तर्क गरे ।
सभामुख सापकोटाले आफूविरुद्ध भएको विरोध प्रदर्शनलाई लोकतान्त्रिक पद्धतिभित्रको नियमित प्रक्रियाको संज्ञा दिए । अदालतमा रहेको विषयमा बोल्नु परिपक्वता नहुने सापकोटाले बताए । प्रतिनिधिसभामा दर्ता भएको ‘कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीरण गर्न बनेको विधेयक’ लाई सदनमा पठाउन हस्ताक्षर गरेर सापकोटाले सभामुख पदको जिम्मेवारी सम्हालेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय