लामो समयदेखि नेतृत्वविहिन अवस्थामा रहेको प्रतिनिधि सभाको नयाँ सभामुखको चयन प्रक्रिया सुरु भएको छ।
आइतबार जेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको प्रतिनिधि सभाको बैठकमा संसद सचिवालयले सभामुख पदका लागि एक मात्र उम्मेदवारका रुपमा नेकपाका सांसद अग्निप्रसाद सापकोटाको नाम आएको जानकारी दिएपछि ठाकुरले उक्त प्रस्तावलाई सदनसमक्ष पेश गर्न प्रस्ताव एवं नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई समय दिए।
https://www.facebook.com/himaldainik/videos/193159248546334/
तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि आफ्नै सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि नेकपा सचिवालयको निर्णय बमोजिम असोज १४ गते पदबाट राजीनामा दिएका थिए।
त्यसपछि पुस ४ गते सुरु भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशनमा नेकपाभित्रको आन्तरिक विवादका कारण झण्डै डेढ महिना सदनको कारबाही अबरुद्ध हुन पुगेको थियो।
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय