नेपाली कांग्रेसभित्रको डेढ महिनादेखि चल्दै आएको आन्तरिक रडाको सहमतिकै आधारमा टुंगिएको छ।
सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शुक्रबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म बसेको शीर्ष नेताहरुको बैठकले सबै विषय सहमतिकै आधारमा आगामी महाधिवेशन पूर्वनिर्धारित मिति अर्थात ०७७ फागुन ७ देखि १० गते गर्ने सहमति भएको छ।
असन्तुष्ट पक्षका नेता रामचन्द्र पौडेलसहित कार्यदलका सदस्यहरु समेतको उपस्थितिमा भएको सहमति अनुसार, कांग्रेसले सहमतिका विषयलाई वैधानिकता दिन माघ १३ गते अपरान्ह १ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। जसमा असन्तुष्ट पक्षका सदस्यहरु समेत उपस्थित हुने जनाइएको छ।
(बाँकी विस्तृतमा)
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय