कर्णाली प्रदेश विकास परिषदको पहिलो वैठक प्रदेश राजधानी वीरेन्द्रनगरमा शुरु भएको छ ।
परिषद अध्यक्ष एवः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा शुक्रबारबाट शुरु भएको वैठकमा प्रदेश योजना आयोगले तयार गरेको कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योेजनाको मस्यौदाका वारेमा सदस्यहरुको सुझाव तथा मार्गदर्शन लिईने वताइएको छ ।
वैठकमा परिषदको सदस्यका रुपमा प्रदेश सरकारका मन्त्रीहरु, विपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनवहादुर शाही, प्रदेश सभा संसदीय समितिका अध्यक्षहरु, गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिका प्रमुखहरुको सहभागिता रहेको छ ।
पञ्चवर्षीय योजनाको मस्यौदामा स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधि, विज्ञ एवं सरोकारवालाहरुको सुझाव लिएर स्वीकृतिका लागि प्रदेश सरकारलाई पेश गरिनेछ । बैठकलाई सम्बोधन गर्दै कर्णाली प्रदेशसभा मुख्यमन्त्री शाहीले पञ्चवर्षीय योजनाको मस्यौदालाई अन्तिम रुप दिनका लागि बैठक महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्य सचिव रहेको विकास परिषदमा कर्णाली प्रदेश सरकारले विभिन्न क्षेत्रमा योगदान पुरयाएका ५ जनालाई सदस्यमा मनोनयन गरेको छ ।
परिषद सदस्यहरुमा डा.राधिका वुढ्थापा (जुम्ला), उषा लामा (हुम्ला), चन्द्रा अधिकारी (जाजरकोट) मध्यपश्चिमाञ्चल विश्वविद्यालयकी एशोसियट प्रोफेसर यशोदा थापा र उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमवहादुर शाहीलाई सरकारले मनोनयन गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय